सैघाली खबर
दाङ, ५ फागुन
सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । राप्ती अञ्चल अस्पतालमा सञ्चालनमा आएको फार्मेसीले ११ महिनामा करिब साढे ६ लाख नाफा गर्न सफल भएको छ । गत आर्थिक बर्षको फागुण देखी सञ्चालनमा आएको फार्मेसीले अहिले सम्म ६ लाख ३९ हजार आम्दानी गर्न सफल भएको अस्पतालका फार्मेसी ईञ्चार्ज सुलभ अधिकारीले वताए ।
फार्मेसीमा कार्यरत कर्मचारी, आबश्यक पुर्बाधार निर्माण, यातायात खर्चलगायत फार्मेसी सञ्चालन गर्दा लाग्ने खर्च कटाएर सोही रकम आम्दानी गर्न सफल भएको उनले वताए । उनका अनुसार आर्थिक बर्ष २०७३÷०७४ को फागुणदेखि साउन सम्म दुई लाख ९३ हजार एक सय ८८ खुद आम्दानी भएको छ ।
त्यस्तै चालु आर्थिक बर्ष २०७४÷०७५ को माघ सम्म ३ लाख ४५ हजार ९ सय ८ रुपैंया आम्दानी भएको छ । अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत भएको अस्पताल विकास समितिका अध्यक्ष बिष्णु कुमार देवकोटाले वताए । उनले भने ‘अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानी बढेको छ ।’ सरकारी अस्पतालको फार्मेसीमा निजिमा भन्दा सस्तोमा औषधी उपलब्ध गराईने फार्मेसी ईञ्चार्ज अधिकारीले वताए ।
उनले भने ‘औषधीको प्रकार अनुसार १० देखी ४० प्रतिसत सम्म छुटमा पाईन्छ ।’ अहिले फार्मेसीमा करिब नौ सय प्रकारका उपलब्ध रहेको अधिकारीको भनाई छ । उनका अनुसार औषधी टेण्डर प्रक्रियाबाट सहजै औषधी उपलब्ध हुने गरेको छ । सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद गरिएको उनले वताए । अहिले अस्पतालको फार्मेसीमा औषधि किन्नेको भीड लाग्ने गरेको छ ।
निजि अस्पताल भन्दा सस्तो पाउन औषधी पाउँन थालेपछि फार्मेर्सीको काउण्टरमा भिड लाग्ने गरेको ईञ्चार्ज अधिकारीले वताए । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा फार्मेसी अनिबार्य गरेपछि अञ्चल अस्पतालले पनि फार्मेसी सञ्चालनमा ल्याएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।