प्रधानमन्त्री ओली मन्त्री मण्डल विस्तारको तयारीमा



सैघाली खबर
काठमाडौं, ५ फागुन

प्रधानमन्त्री केपीशर्मा ओली मन्त्रीमण्डल विस्तारको आन्तरिक तयारीमा लाग्नुभएको छ । ३ जनाको मन्त्रीमण्डल बिस्तार गर्नुभएका प्रधानमन्त्री ओलीले आज भोली भित्रैमा मन्त्रीमण्डल लाई पूर्णतादिने गरि तयारी गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैबिच, जनङख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पनि केही दिनभित्रै माओवादी सरकारमा सामेल हुने विश्वास व्यक्त गर्नुभएको छ ।  मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र माओवादी पनि सहभागीहुने बताउनुभएको हो । उहाँले एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने जिकिर गर्नुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्