काग्रेसले गूण र दोषकाआधारमा सरकारलाई समर्थन वाविरोध गर्ने ।।



सैघाली खबर
काठमाडौं, ५ फागुन

नेपाली काँग्रेसले नवगठित सरकारलाई गूण र दोषका आधारमा समर्थन र बिरोध गर्नेजनाएको छ । संविधान जारी गरेको समयमा दलहरु एकमत भए जस्तै संविधान कार्यान्वयनका समयमा पनि दलहरु एक मत हुनुको विकल्प नभएकाले सरकारले गर्ने राम्रा काम हरुलाई समर्थन गर्ने काँग्रेसले जनाएको हो ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गर्ने सकारात्मक र दीर्घकालिन फाईदाका बिषयमा साथदिने तर देश र जनताका पक्षमा घाटा हुने निर्णयहरुमा विरोध गर्दै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । शान्ती, स्थीरता तथा विकास निर्माणका बिषयमा सरकारलाई समर्थन गर्ने उहाँले बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्