सैघाली खबर,
काठमाडौं, ५ फागुन– ।नयाँ सरकारले प्राथमिकता दिनुपर्ने कामबारे सुझाव दिन गठित कार्यदलले योजनाको खाका तयार पारेको छ ।
एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले सुशासन, विकासलगायत विषयलाई प्राथमिकतामा राखेर खाका तयार पारेको हो । देउवा सरकारले चुनावपछि गरेका विवादास्पद निर्णय खारेज गरी आफ्नो काम थाल्नुपर्ने सुझाव सहित कार्यदलले योजनाको खाका तयार पारेको छ ।
सार्वजनिक खरिद ऐनको प्रक्रिया छोट्याउनुपर्ने, सहकारीको अधिकार बढाउनुपर्ने, सबै प्रदेशमा औधोगिक क्षेत्र बनाउने, तराई मधेसमा विशेष रोजगारीका कार्यक्रम सञ्चालन गर्ने, प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने, ठूला योजनालाई प्राथमिकता दिने, वैकल्पिक उर्जा प्रवद्र्धनको कामलाई अघि बढाउने लगायत विषयमा सरकारले प्राथमिकता दिनुपर्ने कार्यदलको सुझाव छ ।
एमाले र माओवादीको संयुक्त कार्यदलले आज प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पदभार ग्रहणलगत्तै सुशासन, विकास लगायत विषय सरकारको प्राथमिकता हुने भन्दै पाँचबुँदे योजना घोषणा गरिसक्नुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।