गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन



गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ । नेपाली काँग्रेसका युवा नेता गगन थापाको प्रमुख आतित्यथामा उक्त कविता तथा गीतिसंग्रह गरिएको हो । कार्यक्रममा सङ्गीतकार सुरेश अधिकारी, प्राध्यापक डाक्टर प्रयागराज वाषिष्ठ वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थित रहेको थियो ।

उक्त गीति एल्बममा ‘भएछु म अँगारसरि’, ‘विदेश जाऊ’, ‘के गरौँ कसो गरौँ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरू समावेश छ । गीतमा शब्द रचना विनोद चालिसे र सङ्गीत शशि विक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ । गीतमा स्वरूप राज आचार्य, मेलीना राई, कृष्णकुमार खड्का, शशि विक्रम थापा, ज्ञानकुमार खड्काको सुमधुर स्वर रहेको छ ।

कार्यक्रममा नेता थापाले गीति एल्बममा समेटिएका गीत कर्णप्रिय रहेको बताउनुभयो । उहाँले शब्द र सङ्गीत उत्तिकै सशक्त रहेको बताउनुभयो । त्यस्तै प्राध्यापक डाक्टर प्रयागराज वाषिष्ठले कविता सङ्ग्रहमाथि टिप्पणी तथा समालोचना गर्नुभयो । कार्यक्रममा सङ्गीतकार सुरेश अधिकारीले भाषा सङ्गीत बाँचेसम्म श्रष्टा बाँच्ने बताउँदै सङ्गीत कलाको आयु अनन्त रहेको बताउनुभयो । कार्यक्रमको सभापतित्व चन्द्र प्रकाश सिवाकोटीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्