ओली र प्रचण्डबीच सकियो वार्ता, यस्तो भयो सहमति



सैघाली खबर,
काठमाडौं, ५ फागुन(। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको छ ।

बालकोटमा भएको वार्तामा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने सहमति भएको छ ।

करिब ४५ मिनेट भएकोे वान टु वान वार्तामा पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल भएको बताइएको छ ।

यसअघि सहमति नजिक पुगेको दावी गरेका दुई दलबीच पार्टीको कार्यदिशाको विषयमा विवाद देखिएको थियो । सोहिकारणा एकता नै पर सरेको थियो ।

अब भोली पार्टी एकता संयोजन समितिको बैठक बस्ने ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्