प्रदेश ५ को उपसभामुखमा वाम र कांग्रेसबाट दुईजनाको उम्मेदवारी



सैघाली खबर,
फागुन ५, बुटवल ।प्रदेश ५ को उपसभामुखका लागि दुई जनाको उम्‍मेदवारी परेको छ। एमाले र माओवादी केन्द्रले बर्दियाकी कृष्णी थारूको उमेदवारी दर्ता गरे भने कांग्रेसले कपिलवस्तुकी रिना नेपाल बिकको उमेदवारी दर्ता गरेको छ। यसअघि, कांग्रेसले उमेदवारी दिने तयारी नगरे पनि बिहान उमेदवारी दिने निर्णय गरेको हो। एमाले र माओवादी गठबन्धनकी उम्‍मेदवार थारूको प्रस्तावक एमाले मुख्य सचेतकूभुमिश्वर ढकाल छन् भने माओवादी मुख्य सचेतक दधिराम न्यौपाने समर्थक छन्। कांग्रेस उम्‍मेदवार बिकको प्रस्तावक सुरेन्द्र हमाल छन् भने समर्थक रमा अर्याल छिन्। आइतबार दिउँसो १ बजे बस्ने बैठकले सभामुख निर्वाचित गर्नेछ। ८७ सांसद रहेको संसदमा वाम गठबन्धनसँग ६१ सांसद छन् भने कांग्रेससँग १९ सांसद् छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्