युएईबाट तीन पदक लिएर फर्कियो नेपाली बक्सिङ टोली



काठमाडौँ । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई नेपाली बक्सिङ टोली मङ्गलवार काठमाडौँ फर्किएको छ । अगष्ट २० देखि ३१ सम्म युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोली सहभागी थिए ।

६ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा तिन खेलाडी पदकसहित नेपाल फर्किएका हुन् । महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कांस्य जिते । पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कांस्य जितेका थिए । कांस्य विजेता तिनै खेलाडीले १ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेका छन् ।

छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ सङ्घ र गुरुहरूको सहयोगका कारण सफलता प्राप्त भएको बताउनु भयो । उनले यो सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको भन्दै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्