राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना राउटे बस्तीमा



सुर्खेत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट तथा उनीहरूको अवस्था अवलोकन गरेका छन् ।
सुर्खेत पुगेका बेला अध्यक्ष तिमिल्सिनाले सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चे पुगेर राउटेसँग भेट गरी समस्याबारे कुराकानी गर्नु भएको हो  ।

घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै वासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताउनु भयो ।

‘सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नति हुँदैन राउटे मुखियासहितको टोलीसँग उहाँले  भन्नु भयो राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एक ठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भए पनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरूको अवस्थामा सुधार नहुने उहाँको भनाई छ ।

कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुगेका उनले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एक ठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्