दिपक बोहरा,
तुलसीपुर, ५ फागुन ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले मुलुकको समृद्धिका लागि यातायात क्षेत्रको विकास आबश्यक रहेको वताएका छन् । यातायात क्षेत्र पनि बिकास र समृद्धिसंग जोडिएको भन्दै उनले यातायात क्षेत्रको विकास आबश्यक रहेको वताएका हुन् ।
राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको १६ औं साधारणसभा तथा १२ औं अधिवेसनलाई सम्बोधन गर्दै अध्यक्ष रानाभाटले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्रको बिकास गर्न राज्यले ध्यान दिनुपर्ने वताए । राज्यले तौलपुल कार्यबिधि लागु गर्न तर्फ जागरुक हुनुपर्ने समेत उनको भनाई थियो । तौल पुल कार्यविधि व्यवहारमा कार्यान्वयन नहुँदा भारतीय गाडीले नेपालमा मनपरी गरिहरहेको उनको भनाई थियो । उक्त समस्या समाधानका लागि राज्यले बिशेष भुमिका निर्बाह गर्नुपर्ने उनको भनाई छ । ‘अहिले नेपालमा भारतीय ट्रकको ज्यादती छ’ उनले भने‘ यो रोक्न सरकार जागरुक हुनुपर्छ ।’ अहिले कम लोडको भान्सार पत्र लिएर बढी सामान ढुवानी गरिरहेको उनको भनाई थियो । ‘ भारतीय गाडिले २४ टनको भान्सार प्रज्ञापत्र लिएर आउछन्’ उनले भने ‘ तर्र ५० टन भन्दा बढी ढुवानी गरिरहेका हुन्छन् ।’ भारतीय गाडिहरुको यस्तै अबस्थाले गर्दा नेपालका सडक तथा पुलहरु जिर्ण अवस्थामा पुगेको उनको भनाई थियो । अब यातायात क्षेत्रलाई हेर्न छुट्टै मन्त्रालय आबश्यक रहेको समेत उनको भनाई थियो ।
समितिका अध्यक्ष यादव शाहको अध्यक्षतमा भएको कार्यक्रममा बक्ताहरुले यातायात ब्यबसायीका हक हितका लागि सबै व्यबसायी एकजुट हुनुपर्ने वताएका छन् । कार्यक्रममा महासंघका महासचिव राजेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य बद्री चौलागाई, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, तुलसीपुर उद्योगबाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालीसे, राप्ती अंचल सार्वजनिक यातायात बस व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीलगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको संहजीकरण प्रशसकिय सचिव उमेश मजगैयाँले गरेका थिए ।
यसैविच यातायात क्षेत्रमा महत्वप्रर्ण योगदान पुरयाउने कर्मचारी, मजदुर र व्यवसायीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा यातायात क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार बालाराम खड्कालाई सम्मान गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।