सैघाली खबर,
तुलसीपुर,५ फागुन ।
तुलसीपुरमा एक जना युवक मृत फेला परेका छन् । तुलसीपुर ८ दोघरेमा रहेको भ्याली पेट्रोल पम्म नजिकै सडक नालामा एक ब्यक्ति मृत अबस्थामा भेटिएको प्रहरीले वताएको छ । अञ्दाजी २० वर्षिय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले बताए । मृतकको पहिचान हुन नसकेको डिएसपि सापकोटाले बताए । मृतकको प्रकृति हेर्दा विरामी वा कुनै औषधी सेवन गरेको हुनसक्ने अनुमान गरिएको प्रहरीले वताएको छ । शब शनिबार दिउसो १२ वजेतिर फेला परेको थियो । शबलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।