दिपक बोहरा
तुलसीपुर,५ फागुन ।
तुलसीपुरमा भएको प्रदेश नं. ५ स्तरीय महिला मञ्चको भेला सकिएको छ । तीन दिन सम्म चलेको प्रदेश भेलाको शनिबार ६ वुदे घोषणा पत्र जारी गर्दै समापन गरिएको हो । घोषण पत्रका राज्यको विभिन्न संरचनामा सुनिश्चित भएको महिला नेतृत्वको सहभागितालाई कदर गर्दै राजनीतिक,आर्थिक,समाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महिलाको समानुपातिक समावेशी संलग्नता सहितको योजना तथा कार्यक्रमा निर्माण गर्ने , संक्रमणकालीन अवस्थाका महिलाहरुको आत्म सम्मानसहितको सत्य,न्याय र परिपुरणकालागि अविलम्ब व्यवस्था गर्न बातावरण निर्माण र नेतृत्व गर्ने, पितृसतात्मक संरचनाद्धारा सिर्जित महिलाको श्रमको कदर गर्न सम्मान गर्ने, महिलाको स्वपहिचान र महिलाको आप्नो शरीरमाथिको नियन्त्रणलाई स्थापित गर्नका लागी आवश्यक कानुन तथा नीति निर्माण गर्ने लगायतका रहेका छन् ।
त्यस्तै सामन्तवादी पितृसत्तात्मक भूमी व्यवस्थाका कारण श्रम, स्रोतसाधन माथि महिलाको पहँुच बढाइ भूमीहीन किसान सुकुम्वासी तथा विपन्न र सिमान्तकृत समुदायका महिलाको भूमिमाथी अधिकारको सुनिश्चित गरी कार्यान्वयन गर्न माग गर्ने घोषणा पत्रमा समावेश गरिएको छ । कार्यक्रममा सहभागी भएका पाँच नं. प्रदेशका जनप्रतिनिधि, अधिकारकर्मीलगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले घोषणा पत्र पारित गरेका हुन् ।
प्रदेशस्तरीय महिला मञ्चको आयोजनामा स्थानीय तहलाई महिलामैत्री वनाई समाजमा लैंगीक समानता कायम गर्न कार्यक्रम गरिएको हो । कार्यक्रममा उनीहरुले महिलामैत्री समाज निर्माणका लागी गर्नु पर्ने कार्यहरुको पहिचान हुनुपर्ने वताएका थिए । फागुण ३ गते देखि कार्यक्रम शुरु भएको संयोजक लक्ष्मी आचार्यले जानकारी दिईन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।