गायक जनक पौडेलको तीज गीत साइतैमा टिकटकमा भाइरल बन्दै



पर्वत । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिए सङ्गै नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यसै समयमा केही दिन अगाडि सार्वजनिक भएको नयाँ तीज गीत साइतैमा पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा अत्यधिक मनपराएको पाइएको छ ।

 

पछिल्लो समय चर्चामा आएका गायक जनक पौडेल र गायिका सङ्गीता पौडेल स्वर रहेको छ भने गीतको शब्द , लय गायक जनक पौडेल को नै रहेको छ । कृष्ण थापा कल्पना पाण्डेले अभिनय रहेको गीतमा नारायण दंगालले एरेन्ज गर्नुभएको छ। गीतको निर्देशक चर्चित गायक तथा मोडल राजेश भण्डारीले गर्नुभएको छ । गीत राजेश भण्डारीको युट्युब च्यानल बाट सार्वजनिक भएको थियो ।

केही समय अगाडि गायक जनक पौडेलको सार्वजनिक भएको “नुनको भाउ सुन भयो” बटौलीको नाम फेरी बुटवल बुटवल भयो नामको गीत पनि सामाजिक सञ्जाल टिकटकमा अत्यधिक मनपराएको पाइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्