आउँदो हप्तादेखि विद्यालय खोल्ने तयारीमा काठमाडौं महानगर



काठमाडौँ महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको छ ।

स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौँको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि विद्यालय खोल्ने तयारी गरिएको हो ।

महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने हप्तादेखि खोल्ने तयारी भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालयले बुधवार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।

‘प्रशासन कार्यालयले स्थानीयले विद्यालय खोल्न सक्ने भनेको छ । त्यसैले शिक्षा समितिका पदाधिकारीसँग बसेर छलफल गरिरहेका छौँ । आगामी हप्तादेखि खोल्ने गरी प्रयास गरिरहेका छौँ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्