महोत्सबको तेस्रो दिन ४० लाखको कारोवार



 

सैघाली खबर

दाङ , ५ फागुन ।  दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ तेस्रो दिन आज ४० लाखको कारोवार भएको छ । भने हजारौ दर्शकहरुको सहभागीता रहेको छ। हिजोको तुलनामा आज महोत्सव अवलोकनका लागी आउने हरुको सहभागीता तीनगुनाले वढी भएको महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ।

महोत्सवको तेस्रो दिन ५ वजेसम्म पनी महोत्सव अवलोकनका लागी आउनेहरुको संख्या अत्यधीक रहेको संयोजक भुसालले जानकारी दिनुभएको छ।  महोत्सवको तेस्रो दिन आज मात्रै ४० लाखको आर्थीक कारोवार भएको आर्थीक व्यवस्थापन उपसमीतीका संयोजक एवं दाङ उद्योग वाणीज्यसंघका कोषाध्यक्ष शुशील पोख्रेलले जानकारी दिनुभएको छ।
महोत्वमा आज हिजोको तुलनामा तीनगुनाले वढी २८ हजार टिकट विक्री भएको आर्थीक व्यवस्थापन उपसमीतीका संयोजक पोख्रेलले जानकारी दिनुभएको छ।

लघुउद्यमीको विकास र औद्योगीक क्षेत्र घोषणा एवं विस्तार गरिने उद्येश्यले संचालन गरिएको महोत्सवमा यस पटक ५ लाख व्यक्तीलाइ महोत्सवको अवलोकन गराउने र २० करोडको आर्थीक कारोवार गरिने लक्ष्य लिएको महोत्सव निर्देशक ध्रुवराज श्रेष्ठ भारीले जानकारी दिनु भएको छ। यसैविच आजै वसेको साहित्यीक उपसमीतीको वैठकले साहित्यीक कार्यक्रम अन्तरगत प्रदेश स्तरीय गजल प्रतीयोगीताका लागी विभिन्न जिल्लावाट १८ गजल, र कविता प्रतीयोगीताका लागी १३ वटा कविता प्राप्त भएको साहीत्यीक उपसमीतीका शरद अधिकारीले जानकारी दिनुभएको छ।

आज कलाकारहरु अधुनीक प्रमोद खरेल, मोडल शंकर वि सी, मोडल अन्जली अधिकारी गायीका सिर्जु अधिकारी , प्रचन्ड जि सी, कमल गाउले रोशन रतगैया टोपेन्द विष्ट, लोकराज पारजुली लगाएतका कलाकारहरुको विभीन्न प्रस्तुती राख्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्