प्रचण्डकी नातिनी स्मीता दाहालले गाइन् हिन्दी गीत



काठमाडौं । नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् ।  उनले ‘इवादत बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् ।

उक्त गीतमा उनलाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । राजिव एस. रुईयाले निर्देशन गरेको उक्त गीतको भिडियोमा गायिका स्मिताले भारतीय मोडल अर्जुन बिजल्नीसँग अभिनय गरेकी छन्। ‘इवादत बन गए हो’ बोलको भिडियो गीत बुधबार सार्वजनिक भएको थियो ।

स्मीता नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्