नेपाली काङ्ग्रेस खप्तड छान्नामा ४ मा लफडा अध्यक्ष रोकायाले मञ्चबाटै काट्छु भनेपछि स्थगित



बझाङ । नेपाली काङ्ग्रेस खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ को अधिवेशन बिथलाे भएको छ । गाउँपालिकाको वडा नम्बर ४ को अधिवेशन सुरु हन लागेको समयमा गाउँपालिका अध्यक्ष रहेका बर्क बहादुर रोकायाले मञ्च बाटै वडा सभापतिका उम्मेदवार रहेका दयाराम रोकायालाई काट्छु भनेपछि विथलाे भएको हो ।

जिल्लाको सबै ठाउँमा साैभद्र सालिन शान्त तरिकाले १४ महाधिवेशनको वडा अधिवेशन सम्पन्न भए पनि खप्तड छान्ना ४ मा भने गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले आफूले चाहेको मान्छेले निर्वाचन गराउँदा नजित्ने देखिएपछि रोकायालाई मञ्चबाटै गाली गर्दै काटेर खोला फाल्छु भनेपछि स्थगित गर्नु परेको नेपाली काङ्ग्रेसका प्रभावशाली नेता डम्बरबहादुर रोकायाले बताउनु भयो ।

उनले भने, शान्त भएर निर्वाचन गराउनु पर्ने भूमिका खेल्नु पर्ने बर्क रोकायाले नै जथाभाबी गाली गर्दै काट्छु भन्नू कत्ति सुहाउँदो हैन । निर्वाचन गरेमा दयाराम रोकाया जित्ने निश्चित देखिएको भन्दै बिथलेको उहाँको भनाइ छ । गाउँपालिका जस्तो गरिमामय पदमा बसेका बर्क बहादुर रोकायाले यसरी जथाभाबी गर्दै विथलाे अधिवेशन बनाएपछि नेपाली काङ्ग्रेसका नेता कार्यकर्तामा निकै चिन्ता जागेको स्रोतको भनाइ छ ।

निर्वाचनमा आफूले रोजेको मान्छे नहुने देखिएपछि उनले बिथलेकाे रोकायाले बताए । अहिले स्थगित गराउनको लागि मतदान अधिकृत लाई दयाराम रोकायाले निवेदन दिनु भएको भनी नेता डम्बरबहादुर रोकायाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्