अमिताभ बच्चन नेपाल आउँदै



काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाङ्कनका लागि उनी नेपाल आउन लागेका हुन् । लिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । 

पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन् । मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ।

राजश्रीको ब्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ। अमिताभ बच्चन यसअघि पनि नेपाल आएका थिए । उनी ‘खुदा गवाह’ र ‘महान्’ फिल्मको सुटिङका क्रममा नेपाल आएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्