ट्वीटरले सुरु गर्‍यो नयाँ फिचरको परीक्षण



काठमाडौँ । सोसल मिडिया कम्पनी ट्विटरले नयाँ फिचरको परीक्षण सुरु गरेको छ । सेफ्टी मुड नाम दिएको यस फिचरले नचाहेका रिप्लाइ, मेन्सन जस्ता कुरालाई अस्थायी रुपमा ब्लक गर्न सकिन्छ । हाललाई केही सीमित समूहमा परीक्षण गरिएको यो फिचर बिस्तारै सबैको अकाउन्टमा दिने योजना ट्विटरको छ । 

विगतमा कन्टेन् फिल्टर गर्न नसेको आरोप लागेको लागेको ट्विटरलाई सेफ्टी मुडले केही राहत दिने देखिन्छ । सेफ्टी मुड टुल केही प्रयोगकर्ताका एप्समा उपलब्ध गराई सोहि अनुरूप सुधार गर्दे लाने ट्विटरले बताएको छ । सेफ्टी मुड अन गरेपछि ट्विटरले कन्टेन्ट र रिलेशन हेरेर फिडमा देखाउने कि नदेखाउने भन्ने जानकारी दिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्