काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको हाइस दुर्घटना



शनिवार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बर बोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ११  जना  घाइते भएका छन् । 

मृत्यु हुनेमा भूमिका स्थान नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय सञ्जय बिक छन् । 

काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा–३ को बर बोटमा दुर्घटना हुँदा भएको हो ।  

अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीका अनुसार  हाइस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । 

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २ जना र अन्य ३ जना गरी ५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । 

अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घटनास्थलमा ठाडा इलाका प्रहरी कार्यालयको टोली पुगेको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्