चिङ्गाड गाउँपालिकामा कार्यालय तालाबन्दी, मापदण्ड विपरीत हुँदा मच्चियो विवाद



काठमाडौँ । कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिकामा कार्यालय तालाबन्दी भएको छ। कार्यालय राख्ने र संचालन गर्ने क्रममा केही समय अगाडी बाट विवादमा आएपछि स्थानियहरुले मापदण्ड बिपरित भएको भन्दै तालाबन्दी गरेका हुन्। साबिक अवलचिङ्ग ५ मा रहेको गाउँपालिकाको कार्यालय उचित स्थान नभएकाले अदालतमा विचाराधीन मुद्दामा रहेको छ। स्थानीय सरकारले न्यायालय बिपरित काम गरेको र सोही स्थानमा कार्यलय हुनु पर्नेमा विवाद हुदै आएको छ।

अवलचिङ्गमा रहेको कार्यालय मापदण्ड बिपरित सार्न नहुने कुरामा स्थानीय एक मतमा रहेका छन् भने दुई तिहाइ अर्थात ३३ जना जनप्रतिनिधि मध्ये २२ जनाको सहमत भएकोले कार्यालय सार्न खोजेको चिङ्गाड गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले बताए।

चिङ्गाड खोलाको पुङ्ग खेतमा कार्यालय राखिने तयारी भएको छ । साथै उच्च अदालत सुर्खेतमा परेको रिट सुनुवाई नभएको र अध्यक्ष सहित केहि जनप्रतिनिधिले लोभ लालचमा शक्तिको दम्भ देखाउन खोजेको स्थानीयको आरोप छ। हामीलाई न्यायलयको निर्णय स्वीकार्य छ ,तर कसैको दम्भ देखाएर कार्यालय सार्ने ब्यानर लगाएतका कागज जात च्यातेर मान्न नसकिने विपक्षहरुको भनाई रहेको छ।
अवलचिङ्गमा रहेको कार्यालय मापदण्ड बिपरित सार्न नहुने कुरामा स्थानीय एक मतमा रहेका छन् भने दुई तिहाइ अर्थात ३३ जना जनप्रतिनिधि मध्ये २२ जनाको सहमत भएकोले कार्यालय सार्न खोजेको चिङ्गाड गाउँपालिका अध्यक्ष देव बहादुर चन्दले बताए।

गाउँ पालिका अन्तर्गत २,३ र ४ नम्बर वडाले ढाडखेत राख्नुपर्नेमा जोड दिएका छन् तर सो स्थानमा कुनै पनि कार्यालय भवन नरहेको र खोलाको मसानघाट भएकाले त्यहाँ राख्न नहुने यदि सार्नु परेको खण्डमा न्यायालयको उचित निर्णय मात्र सर्वमान्य हुने उपाध्यक्ष मनमाया आचार्य लगायत १,५ र ६ वडाका स्थानीय सबैको मत रहेको छ। कार्यालय स्थानको विवादको मुद्दा अदालतले भने फैसला गरेको छैन।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्