मुख्य समाचार

नेपाली काँग्रेस घोराही १० को संपर्क कार्यालय स्थापना, चित्रबहादुर डाँगि को नेतृत्वमा काँग्रस चुनावि मैदानमा ,प्रचार प्रसार तिब्र

By थाहा अनलाइन

June 13, 2017

बृश्चिक “आजाद” दाङ जेष्ठ ३०

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रसले घोराही उपमहानगरपालिका वडा नं १० को प्रत्यासी उम्मेदवारहरुको टुङ्गो लगाएसंगै निर्वाचन प्रचार प्रसारको क्रमलाई तिब्रता दिएको छ । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा चित्रबहादुर डाँगि “निर्मल”, महिला सदस्यमा लक्ष्मि लम्साल,दलित महिला सदस्यमा केशरी बि.क., सदस्यहरुमा मंगल चौधरी र जगत चौधरी ले आधिकारीकरुपमा टिकट पाएपछि पछिलो समयमा नारायणपुरको केन्द्र विन्दु वडा नं १० मा निर्वाचनको माहोल बेसरी तातेको छ ।

नेपाली काँग्रेसको संपर्क कार्यालय स्थापनाः

नेपाली काँग्रेस घोराही उपमहानगरपालिका वडा नं १० को चुनाव प्रचाप्रसार प्रायोजनार्थ नारायणपुर बजारका ३ स्थानहरुमा चुनावी संपर्क कार्यालयहरु स्थापना गरिएका छन् । त्रिपुर नगरसभापति दिपक पाण्डेको सभाअध्यक्षता एवं महासमिति सदस्य टेक बहादुर डाँगिको प्रमुख आतिथ्य तथा बयोबृद्ध काँग्रेसी नेता टोप सिंह डाँगिको विसिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा उम्मेदवार द्वय चित्र बहादुर डाँगि “निर्मल” र लक्ष्मी लम्साल , नेपाली काँग्रेस जिल्ला सदस्य द्वय बालिका लम्साल र कमल बहादुर वलि लगाएतले एकिकृत काँग्रेसले कहिलेपराजय भोग्नुनपरेको भन्दै उम्मेदवारहरुलाई बिजयश्रीको सुभकामना व्यक्त गर्नुभएको थियो ।

वडा नं १० को चुनाव प्रचारप्रसार मूल समिति गठनः यसै गरी आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे त्रिपुर नगरसभापति दिपक पाण्डेको संयोजकत्वमा पाँचसय १ सदस्यिय चुनाव प्रचारप्रसार मूल समिति गठन गरिएको छ । जस्मा वडा नं १० बाट केन्द्र देखी ईकाइ सम्म प्रतिनिधित्व गर्ने नेता तथा कार्यकर्ताहरु,भातृ तथा सुभेक्क्षुक संघ संस्थाका पदाधिकारीहरु समेटिएको नेपाली काँग्रेस ले जनाएको छ । यसैगरी मूल समितले अभियान बस्नेतको संयोजकत्वमा आर्थीक समिति,कमल बहादुर वलिको संयोजकत्वमा अनुगमन तथा अनुशासन समिति,डिल्लि बहादुर वलिको संयोजकत्वमा युवा परिचालन समिति,गोमा रजौरेको संयोजकत्वमा महिला परिचालन समिति, आर.के. सितलको संयोजकत्वमा संचार समिति हरु गठन गरेको छ ।

चुनावी प्रचारप्रसारको काम तिब्रः नेपाली काँग्रेस घोराह्ी उपमहानगरपालिका वडा नं १० ले आज (३०) गते आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । सयौंको संख्यामा रहेका नेपाली काँग्रेस समर्थीत भेलालले नारायणपुर बजारको परिक्रमा गर्दे आधिकारीक रुपमा चुनाव प्रचारप्रसारको काम सुरु गरेको छ ।