हेलि टुरमा रमाउँदै दंगाली



अमिता चौधरी
दाङ, ४ फागुन

दाङको घोराहीमा फागुन ३ गतेदेखि सुरु भई १३ गते सम्म सञ्चालन भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ मा हेली टुरका लागी एकदमै उत्साहित दंगालीहरु देखिएका छन् ।
उद्योग, ब्यापार, कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास भन्ने नाराको साथमा सुरु भएको महोत्सबमा मा हेलिक्पटर मार्फत दाङ विभिन्न पर्यटकिय एवं धार्मिक क्षेत्रको अवलोकन सर्वसाधारणको सख्या ह्वातै बढेको छ । दैनिक सपनि गरिएको हेली टुरका व्यवस्थापक रोशन दाहालले जानकारी दिनुभएको छ ।

हाल सम्म दाङदेखि स्वर्गद्धारी सम्म करिब पचाँस जनाले तिर्थालुले हेलिक्पटर मार्फत दृश्य अवलोकन गरेको आयोजकले वताएको छ भने भाडाँमा १ र लोकल रुपमा दृश्य अवलोकन गर्ने चालिस जना संख्या नागिसकेको र हेलिक्पटर चढ्नेको संख्या पनि तिब्ररुपमा रहेको छ भने हाल सम्म पन्ध्र लाखको आर्थिक कारोवार भएको दाहालले जानकारी दिनुभएको छ ।

विभिन्न क्षेत्र तथा ठाउँअनुसारको भाडाँ दर निर्धारर्ण गरिएको दाहालले जानकारी दिनुभएको छ । जसमध्ये घोराही क्षेत्रको लागी चार हजार पाँच सय भाडाँ निधारर्ण भएको भने दाङ उपत्यकाको लागी सात हजार पाँच सय , स्वर्गद्धारीका लागी दश हजार पाँच सय , स्यार्पु तालको लागी चौविस हजार , रारा तालको लागी पचाँस हजार र भाडामा लिएर जानेहरुका लागी एक लाख पन्चानव्य हजार रुपैया भाडाँ तोकिएको छ ।  त्यसैगरी गु्रपमा आउने हरुका लागी विशेष छुटका साथै हेलिक्पटर उडान तथा दृश्य अवलोकन गराउने दाहालले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्