सैघाली खबर
काठमाडौं,६ फागुन
प्रधानमन्त्री केपी ओली आज बालुवाटार स्थित सरकारी निवासमा सर्दै हुनुहुन्छ । ओली अपराह्न ४ बजे निजी निवास बालकोटबाट प्रधानमन्त्री निवासमा सर्ने जानकारी उहाँको सचिवालयले दिएको छ । प्रधानमन्त्री भएको तीन दिनपछि उहाँ बालुवाटार सर्न लाग्नु भएको हो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बुढानीलकण्ठ स्थित आफ्नो निजी निवासमा सरिसक्नु भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।