गिरिराज नेपाली
घोराही , ६ फागुन । वढ्दो आधुनिक प्रविधिका बाजागाजाहरुको विकास संगै लोप हुदै गईरहेको लोक मौलिक सारङ्गी बाजाको संरक्षणमा पछिल्लो समय युवाहरु अग्रसर देखिएका छन । सारङ्गी वाधन पेशालाई गन्धर्व समुदायको परम्परागत जातिय लोक मौलिक कलाको पेशा भनिए पनि पछिल्लो समय सारङ्गी वाधन लाई अन्य जाती तथा समुदायका युवाहरुले पनि व्यावसायिक जीवन निर्वाहको पेशाका रुपमा अँगालेको पाईन्छ । भने गन्धर्व समुदायमा सम्मानको पेशा नभएकाले छोड्दै गईरहेको छन । युवाहरुले सारङ्गी वाधन पेशालाई हेयको दृष्ट्रिले हेर्दा गन्धर्व समुदाय वाट यो पेशा लोप हुदै गईरहेको छ ।
समुदायको परम्परागत जातिय पेशा लोप हुदै जान थाले त्यसको संरक्षणमा मेला ÷महोत्सव देखी गाउँघर चारैतिर गीत गाउँदै सारङ्गी बजाउँदै गाउँका युवाहरु हिडिरहेके घोराही उपमहानगरपालिका – ११ का हेमराज गन्धर्वले बताउनुभयो । उहाँले भन्नुभयो–‘ पेशाले सम्मान र मुल्य नपाउदा गन्धर्वहरुले यो पेशा छोडी मजदुरी , व्यापार व्यावसायमा लागेको छौ । ’ पेशाले मुल्य र सम्मान नपाउदा गन्धर्व जाति परम्परागत जातिय पेशा छोडी दैनिक मजदुरी , व्यापार व्यावसाय , वैदेशिक रोजगारमा समेत पलाएन भएको उहाँले बताउनुभयो । जसका कारण गन्धर्व जातिहरुले जातिय मौलिक कला र सीप लाई जवरजस्त रुपमा विस्ीथापित गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जातिय मौलिकताको संरक्षण २÷४ जना लागेको छौ । ’ तर अझै पनि कतिपयले पेशा निरन्तर दिन चाहान्नु हुदैन । ’
वढ्दो प्रविधि विकास र जातिय पेशाको सामाजिक मुल्य र प्रतिष्ठान नपाउदा प्राय गन्धर्वहरुले सारङ्गी वाधन पेशा छोड्दै गईरहेका छन । पेशाको लोप संगै गन्धर्व समुदायको जातिय पहिचान पनि मेटिदै गईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सारङ्गी बजाउन सवै लाज मान्छन , बजारमा सिमेन्ट बोरा बोक्न कसैले लाज मान्दैनन् । ’यही संस्कारका कारण जातिय पेशा र जातको पहिचान हराउदै गईरहेको छ । ’ उहाँले सारङ्गी बजाउन अरु जातकाले पनि सिकी सकेको छन । वाहुन ÷ क्षेत्री , मगर, ठकुरी लगाएतकाहरुले मेला महोत्सव, गित संगितमा सारङ्गी बजाउदै आईरहेका छन । तर हाम्रा जातका युवाहरुले त्यो पेशामा गर्न निकै लाज मान्छन । जसका कारण गन्धर्व समुदाय वाट सारङ्गी लोप हुने अवस्थामा पुगेको छ ।
उहाँले मेला महोत्सवमा मात्रै बजाउन र गाउन हिजो आजको चलन भएको छ । गाउँमा गाईने र सारङ्गी देखिन छोडे । क्षेत्री ÷ वाहुन , ठकुरी नेवारहरुले बजाउन थाले सके । सारङ्गी संरक्षण न गन्धर्वहरुले नै चाँसो देखाउछौ । न राज्यले गन्धर्वहरु पेशा र सीप संरक्षणका लागि कुनै लगानी गर्छ , भन्दै उहाँले भन्नुभयो – ‘अरु सवै प्रकारका सीप विकासका तालिम चल्छन । तर सारङ्गी सीप विकासका लागि कुनै प्रकारको लगानी हुदैन । ’ जसका कारण राज्यले यो सीप विकासका लागि विभेद गरेको उहाँको भनाई छ ।
त्यस्तै श्रीराजेश गन्धर्वले १४ वर्षको उमेर सारङ्गी बजाउन सिकेको बताउदै भन्नुभयो ‘बा सँगै गाउँमा जान्थे । उहाँले बजाउनु हुन्थ्यो मैले हेर्थे । पछि दाईले सिकाउनु भयो । अहिले आफ्नो जीवन निर्वाहको पेशा नै सारङगी बनेको उहाँको भनाई छ । उमेर २६ पुगेको श्रीराजेशले अहिले निशंकोच निर्धक्कका साथ जहाँकतै सारङगी सिक्ने चाहानेहरु लाई सिकाउदै हिड्ने गरेको उहाँले बताउनुभयो । तर कसैले कसैले कतैकतैकाहरुले मात्रै सारङगी सिक्न चाहाने उहाँको भनाई छ । तर अधिकाश गन्धर्वहरुले यो पेशामा चाहाना राख्दैनन । तर अन्य जाती समुदायहरुकाले निकै उत्सुक्ता साथ सारङगी वाधनमा चाहाना राख्ने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै घोराही उपमहानगरपालिका– १३ का गंंगन मगरले व्यावसायिक रुपमा सारङगी वाजा बजाउदै आईरहेका बताउनुभयो । सारङगी वाजा वाल्यवस्था देखी नै बजाउदै आईरहेको उहाँले भन्नुभयो – ‘रुचीको बाजा हो । ’ आफुले देखेर बजाउन सिकेको बताउदै उहाँले सारङगी बजाउनेहरु गाईने भन्ने र हेयको नजरले हेर्ने सीप र कलाको सम्मान नहुदा त्यही कला र सीपको सम्मानका लागि आफुले यही सीप जीवन निर्वाह पेशाका रुपमा अँगालेको उहाँले बताउनुभयो ।
मौलिक लोक संस्कृतिको जर्गेना सारङगी पेशा संरक्षण तथा विकासका लागि दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेश स्तरिय कृषि प्रर्दशनीमा आईतवार दाङ र प्युठानका १० जना गन्धर्व , १ जना बाह्मण र १ जना जनजाती गरी १२ जनाले सारङगी कला प्रस्तुती गरेका थिए । जसमा पदम गन्धर्व , मिलन गन्धर्व , श्रीराजेश गन्धर्व , हेमराज गन्धर्व , विराज गन्र्धव , काला गन्धर्व , गंगन थापा , बेदु सुवेदी , राजेश गन्धर्व , सुर्जल गन्धर्व र टोप वहादुर गन्धर्व लगाएतकाले प्रतियोगितामा सहभागी भएको साँस्कृतिकम संयोजक मिनराज भाटले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।