जनक नेपाली
दाङ,६ फागुन । राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिको पाँचौ राष्ट्रिय सम्मेलन दाङमा हुने भएको छ । सम्मेलन आयोजक दलित महिला एकता केन्द्र दाङ र राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिले आईतवार घोराहीमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । सम्मेलन यही फागुन ७ र ८ गते दाङको घोराहीमा आयोजना गर्न लागेको दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला कुमारी गुप्ता बादीले जानकारी दिनुभयो ।
सम्मेलनमा देशभरबाट सहभागी आउँने क्रम सुरु भएको दलित महिला एकताका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले देशभर बाट प्रतिनिधी र परिवेक्षेक गरी ३ सय जना सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन प्रदेश नं. ५ का सभामुख पूर्ण घर्तीले गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । फागुन ८ गते हुने सम्मेलन उद्घाटनमा सहभागी हुन राजनितक दल पत्रकार ,नागरिक समाज, संघ संस्था सबैलाई सहभागी हुन आग्रह गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।