असोज १ देखि काठमाडौँ उपत्यकामा विद्यालय खुल्ने निर्णय



काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएको छ । आज दिउँसो काठमाडौँ सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबिच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

सोमबार काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरेर आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको बताएका हुन् ।

उँहाले भन्नु भयो , ‘विद्यालय खुलाउने कि नखुलाउने भन्ने विषयमा सोमबार बोलाइएको बैठकमा स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरियो । बैठकले कोरोनाको अवस्था मूल्याङ्कन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।’

उनका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रूपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने । विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गर्ने पनि उनले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्