एन प्याब्सन दाङको ९ औ साधारण सभा सम्पन्न



 

 

शरद रेग्मी

तुलसीपुर ६ फागुन ।।एन प्याब्सन दाङको ९ औ साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । एन प्याव्सन दाङका जिल्ला अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षता तथा एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटाको प्रमुख आतिथ्यता , निवर्तमान अध्यक्ष कर्ण बहादुर शाही, प्रदेश न.५ का प्रमुख सुबोध डाँगी र बाग्मति सरसफाई अभियानका अभियन्ता डा. राजु अधिकारीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । सभाले जिल्लामा रहेका स्थानिय तहहरु शिक्षा एन निमार्णको तयारिमा रहेको हुदा निजी बिद्यालयहरुको बिकास र गुणस्तरिय शिक्षाका लागी सहयोगी हुने ऐन बनाउने बिषयमा ध्यानाकर्षण गराउने निर्णय गरको छ । सभाले एन बनाउँदा शिक्षामा देखिएको बिभेदको अन्त्य तथा सामुदायिक र संस्थागत बिद्यालयहरु बिचको सम्वन्ध बिस्तार र सहकार्यका लागी समेत ध्यान पु¥याउन आग्रह गर्ने निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्