प्रदेश २

पूर्व कानुन मन्त्री अजय शङ्कर नायकलाई गृह जिल्ला सिरहामा भव्य रूपमा स्वागत 

By Thah Online

September 07, 2021

सिरहा लहान । सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा भेटघाट तथा सम्मान कार्यक्रम गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको जिल्ला समन्वय समितिको इन्चार्ज पूर्व कानुन मन्त्री अजय सङ्कर नायक अविनाश भएपछि सोमबार स्वागत तथा सम्मान गरिएको हो ।

नेपाल कम्यूनिष्ट पार्टीको गठ मानिएको कर्जन्हा नगरपालिकाको जनसमुदायहरूलाई विकास निर्माणको कार्य र सेवा सुविधा लगायतका विभिन्न पक्षहरूको आवश्यकता भएको हुँदा अबको दिनमा एक ढिका भएर जानुभन्दा अर्को विकल्प नरहेको कर्जन्हा नगरपालिका वडा नं. ११ को वडा अध्यक्ष कपिल देव यादवले कार्यक्रममा बताए।

कर्जन्हाको नगर प्रमुख गङ्गा पासमानको अध्यक्षतामा भएको कार्यक्रममा कर्जन्हा नगरपालिकाको उप प्रमुख ज्ञान कुमारी श्रेष्ठ, वडा अध्यक्ष कार्यपालिका सदस्य र नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको अगुवा नेता कार्यकर्ताहरूको उपस्थितिमा सम्मान गरिएको छ ।

कर्जन्हा नगरपालिकाको लागि विवादको रूपमा खडा भएको कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको समस्या समाधान भएको हुँदा प्रशासनिक भवन निर्माणमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको पूर्व मन्त्री तथा सिरहा जिल्ला समन्वय समितिका इन्चार्ज अजय संकार नायक (अविनाश) ले आफूहरू पछाडि परेको समुदायको हकहितमा काम गर्न अझै आवश्यक रहेको बताएका छन् । 

कार्यक्रममा स्थानीय नेता कार्यकर्ता लगायत विभिन्न वक्ताहरू विभिन्न समस्याको समाधानको उपाय खोज्दै अबको दिनमा पछाडि परेका समुदायहरूको उन्नतिका लागि आवश्यक कार्य गर्नुपर्ने बताएका छन् ।

१० वर्षे जनयुद्ध लगायतका विभिन्न अधिकारका लडाइँमा कागजमा अधिकार लेखिए पनि हामीले अझै पनि उहाँहरूको लागि काम गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । साथै, हामी एमसीसीको विरोधी नरहेको तर एमसीसी देशको विकासको लागि र जनताको पक्षमा हुनुपर्ने समेत हाम्रो धारण रहेकोले एमसीसीलाई भ्रमको रूपमा नलिनका लागि उहाँले आग्रह गर्नुभयो ।

कर्जन्हा नगरपालिकाको विभिन्न क्षेत्रहरूमा विकासले तीव्रता लिइरहेको अवस्थामा कर्जन्हा नगरपालिकाको प्रशासनिक भवनको समेत शिलान्यास छिटै गरिने कर्जन्हा नगरपालिकाको नगर प्रमुख गङ्गा पासमानले जानकारी दिए ।