पाण्डेको सम्झनामा श्रद्धान्जली सभा



 

सैघाली खबर
दाङ,६ फागुन ।  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका पिता टेकवहादुर पाण्डेको १३ औ दिनको पुण्यतिथिमा स्मृति सभा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ अश्वारामा रहेको पाण्डेको निवासमा आयोजना गरिएको सभामा वोल्ने वक्ताहरुले स्वर्गीय पाण्डेले नेपाली कम्युनिष्ट आन्दोलनमा खेलेको भुमिकाका बारेमा चर्चा गरेका थिए । एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य एवम् कार्यक्रममा प्रमुख अतिथि शोभाराम वस्नेतले इमान्दारिताका साथमा निर्वाचित पदाधिकारीहरुले काम गर्नुपर्ने वताउदै नैतिकता विर्सेर राजनीति गर्न नहुने वताएका थिए । उनले स्वर्गीय पाण्डेले इमान्दारिता जोगाएर कठिन परिस्थितिमा पनि विचलित नभएको समेत उल्लेख गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले पाण्डेले देखाएको बाटोमा हिडेर उहाँका सपना पुरा गर्नु सवैको दायित्व भएको वताईन् । सामाजिक अभियन्ता नवराज लामिछानेले मृत्यु संस्कारका वारेमा समाजमा छलफल गर्नुपर्ने वताए । उनले हाम्रा संस्कारहरुलाई समायानुकुल वनाउँदै लैजानुपर्ने आवश्यकता रहेको समेत वताए । मृतक पाण्डेका छोरा घनश्याम पाण्डेले बाबुले देखाएको इमान्दारिताको बाटोमा लागिरहने वताएका थिए । उनले बाबुको सम्झनामा अश्वारा माविमा १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा एमालेका नेता राममणी नेपाली, जोगवहादुर राना, जिल्ला उपाध्यक्ष हुकुम वस्नेत,माओवादी केन्द्रका रामवहादुर दहित लगायतले वोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण एमाले दाङ्गका उपसचिव सुरामणी वेलवासेले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्