समयमै फोरलेन सडक निर्माण नभएपछि सडकमा ढुंडामुढा



तुलसीपुर, ६ फागुन ।

समयमै चारलेन सडक निर्माण नभएपछि सडक धुलाम्मे भएको भन्दै तुलसीपुरका व्यबसायीले सडकमा ढुंगामुडा गरेका छन् । उनीहरुले आईतबार एक घण्टा चक्काजाम गरेका थिए ।

धुलो नियन्त्रणको माग गर्दै आइतवार तुलसीपुर – घोराही सडखण्ड बन्द गरिएको हो । तुलसीपुरको घोराही चोक देखी हात्तिखौवा चोसम्म अचाक्ली धुलो उडेपछि स्थानीय व्यबसायी आक्रोसित बनेका हुन् । लामो समय सम्म पनि सडक चारलेन बनाउने काम सम्पन्न हुन नसकेपछि उनीहरुले दवाव स्वरुप चक्काजाम गरेका हुन् । आईतवार विहान साढे १० बजेदेखि साढे ११ बजेसम्म चक्का जाम गरेका हुन । सडक निर्माण हुन थालेको लामो समयपुग्दा समेत सडक कालो पत्रे नहुदा त्यसक्षेत्रको जनजीवन धुलोका कारण निकै कष्टकर बन्दै गइरहेको तथा व्यापार चौपट भएको स्थानीयहरुले बताएका छन् । साथै आन्दोलनको पहिलो दिन भएकोले साँकेतिक विरोध स्वरुप एक घन्टा बन्द गरिएको स्थानीयले वताए । समन्धित निकायबाट सोमवार सम्म भरपर्दो निकास नआए सडक अनिस्चित कालका लागि बन्द गर्ने चेतावनी स्थानीयले दिएको दिलिप केसीले वताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्