टप फिचर

नायिका ऋचा शर्मालाई पुत्रलाभ

By Thah Online

September 08, 2021

काठमाडौँ । नायिका ऋचा शर्मा आमा बनेकी छन् । कमेडी च्याम्पियनकी जज रहेकी ऋचालाई पुत्र लाभ भएको हो । उनले छोरा जन्माएको कमेडी च्याम्पियनको फेसबुक पेजमार्फत जानकारी दिइएको छ ।

गत साल बिहे गरेकी शर्मा कमेडी च्याम्पीयनको दुवै सिजनको जज रहेकी छन् । ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।