बाग्मतीमा मन्त्रिपरिषद विस्तार : नवनियुक्त मन्त्रीले लिए सपथ



बागमती  प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधवार मुख्यमन्त्री शाक्यले १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी हुन् ।

प्रदेशसभा सदस्य रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा केशव पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शान्तिप्रसाद पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा अजयक्रान्ति  शाक्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादर लामा र स्वास्थ्य मन्त्रीमा प्रदीप कटुवाल नियुक्त भएका छन् ।

यस्तै  राज्यमन्त्री पाउनेहरूमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली छन् । उनीहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्