कुशवाहक समाज मोरङले भव्य रूपमा मनायो कुश जयन्ती 



सिरहा लहान । नेपाल कुशवाहक कल्याण समाज जिल्ला कार्यसमिति मोरङले विराटनगरको महेन्द्र मोरङ क्याम्पसको सभा हलमा समाज सेवी राजदेव मेहताको प्रमुख आतिथ्यमा र समाज को जिल्ला अध्यक्ष श्री हरिनारायण मेहता को अध्यक्षतामा भव्य तरिकाले कुशवाहकको पूर्वज कुशको सम्झनामा कुश जयन्ती मनाइयो ।

कार्यक्रममा सहभागी नेपाल कुशवाहक समाजको केन्द्रीय उपाध्यक्ष श्री जय प्रकाश महतोले कुशवाहकहरू भगवान् श्री रामको जेठो पुत्र कुशको सन्तान हो भन्ने विभिन्न प्रमाणहरू रहेको जिकिर गर्नु भयो ।

कुशवाहक राहत सङ्कलन तथा वितरण महा अभियानको केन्द्रीय संयोजक श्री गुनानन्द महतोले भन्नू भयो समाजका विशिष्ट व्यक्तित्वहरूको साथ र सहयोगले गर्दा कोभिड जस्तो महामारीमा पनि विभिन्न किसिमका स्वास्थ्य सामाग्री लगाएत खाद्यन सामग्री वितरण वितरण गर्न सफल भयो समाजका केही अवसरवादीहरूको विरोधको बाबजुद पनि महा अभियानका सामाजिक अभियन्ताहरूले इमान्दारिताको साथ सङ्घर्ष गरिरहे आउने दिनहरूमा पनि महा अभियान अति विपन्न तथा गरिब परिवारहरूको साथी बन्ने घोषणा गर्नु भयो र महा अभियान एउटा नाफा रहित संस्था हो समाजको समानान्तर संस्था होइन यसको प्रमुख उद्देश्य राहत सङ्कलन गरी गरिब गुरुवालाई वितरण गर्नु हो , त्यसैले महा अभियान प्रति आलोचना लगाउनु महा पाप हो र सबै समाजसेवीहरूले सबै महा अभियन्ताहरूलाई सहयोग गरी उच्च मनोबल बनाई दिन संयोजक श्री गुनानन्द महतोले अपिल गर्नु भयो ।

कार्यक्रम को प्रमुख अतिथि राजदेव मेहताले समाजलाई हरेक किसिमका सहयोग गर्ने प्रतिबद्धता सहित समाजलाई बेलबारीमा १० धुर जग्गा दान गर्नु भयो  । उक्त कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमितिको जिल्ला सचिव श्री मङ्गल महतोले जग्गा दाता प्रति आभार व्यक्त गर्दै सकै चाडै जिल्ला मा सहकार्य गरी भवन निर्माण गर्ने उदघोस गर्नु भयो ।

समाजको जिल्ला कोषाध्यक्ष लिला मेहताले स्वागत मन्तव्य राखेका थियो यस्तै जिल्ला उपाध्यक्ष शत्रु घन महतो सह-सचिव श्री मन्जय सिङ्ग महानगर अध्यक्ष श्री सुरज महतो समाजको सहकारी अध्यक्ष वीरेन्द्र मेहता विद्यार्थी समाजका केन्द्रीय सचिव श्री श्यामदेव मेहता र कुसवाहा राहत सङ्कलन तथा वितरण महा अभियानको मोरङ जिल्ला संयोजक श्री चन्दन मेहता महा अभियानको केन्द्रीय सदस्यहरू श्री नन्द किशोर मेहता सल्लाहकार रेनु सिङ अभियन्ता विनोद सिङ लगायत दर्जनौँ महा अभियान का सामाजिक अभियन्ता हरू र सयौँ सङ्ख्या मा समाज का विभिन्न ठाउँ बाट कुशवाहा हरू कुश जयन्ती मनाउन उपस्थित भएको थियो ।
            
अन्तिममा समाजका जिल्ला अध्यक्ष श्री हरिनारायण महतोले कार्यक्रम समाप्त गर्दै रक्तदान गर्नु हुने सबैलाई धन्यवाद दिएका थिए र रक्तदाता लाई भित्ते गढी उपलब्ध गराउनु भएका विराटनगर महानगर का समाजसेवी विनोद सिङलाई समेत धन्यवाद दिँदै कार्यक्रम को समापन गर्नु भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्