निर्वाचन आयोगले पहिलो निर्वाचन दिवस मनाउँदै



सैघाली खबर,
काठमाण्डौं,७ फागुण ।

निर्वाचन आयोगले आज पहिलो निर्वाचन दिवस मनाउँदैछ । अबदेखि प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो ।

२०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । आज दिवसको अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीले मुख्य अतिथिका रुपमा भाग लिनेछन् ।

लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले दिवस मनाउन सुरु गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्