विप्लवद्वारा ८ गते नेपाल बन्दको घोषणा



सैघाली खबर,
काठमाडौं, ७ फगुन । शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपा विप्लवद्वारा यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ ।

विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनौं नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको र राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको विरोधमा नेपाल बन्दको आयोजना गरिएको नेकपाको उच्च स्रोतले जानकारी दिएको छ ।

सो पार्टीले नेपाल बन्दको अघिल्लो दिन ७ गते सोमबार देशभरी मसाल जुलुस प्रदर्शन गर्न र संघर्षका कार्यक्रमहरुमा सहभागी हुन पार्टीपंक्तीलाई निर्देशन गरेको छ ।

आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले युवा जनस्वयं सेवकको राष्ट्रिय सम्मेलनका लागि जाँदै गरेका स्थायी समिति सदस्य सुदर्शन र पीबीएम पदम राई लगायतका दर्जनौं युवा नेता र कार्यकर्ताहरुलाई गिफ्तार गरेको र शान्तिपूर्ण रुपमा गर्न लागिएको राष्ट्रिय सम्मेलनमाथि राज्य प्रशासनले दमन गरेको भन्दै घोर निन्दा गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्