पत्रकारितालाई गाउँदेखि नियाल्दै केन्द्रसम्म पुग्दाको यात्रा



सुनसरी। पूर्वमा यस नामसँग धेरै जना परिचित छन् । विषेशगरी ग्रामीण भेगमा धेरैले चिनेको नाम हो, यो । २०७२ सालबाट तत्कालीन महेन्द्रनगर गा.बि.स. मा बराह खबर राष्ट्रिय दैनिक नामक पत्रीका सम्पादनबाट उनको औपचारिक पत्रकारिता सुरु भएको हो । बराह खबर उनले आफ्ना मित्र किरण चौलागाईंसँग मिलेर सुरु गरेका थिए ।

त्यसपछि क्रमशः बराह खबरले राम्रो बजार लिन थाल्यो । पत्रीकाले ०७४ सालको स्थानीय चुनावमा अर्को दलको भूमिका निर्वाह गरेको स्थानीयहरू स्यंम स्वीकार गर्दछन् । यसै सन्दर्भमा राउत थप्छन्, कुनै समय यस्तो पनि थियो कि स्थानीयहरू बराह खबर नपढी चिया पिउँन मन लाग्दैन भन्थे । समय क्रमसँगै स्थानीय बजार, जनशक्ति, विश्वव्यापी कोरोना कहर इत्यादि कारणले बराह खबर केही समय बन्द भएको राउतको भनाइ छ ।

केही समय बन्द भएर हिलोमा डुब्न गएको बराह खबर कमल भएर निस्कियो, सदाबहार मिडिया प्रा.ली. को रूपमा । यसअन्तर्गत सदाबहार न्युज डट कम अनलाइन पोर्टल, बराह खबर राष्ट्रिय दैनिक पत्रीका, सदाबहार अनलाइन टी.भि. रहेका छन् । पछिल्लो समय प्रतिस्पर्धात्मक मिडिया बजार त्यसमा पनि शहरीकरण उन्मुख भेग बराह क्षेत्रमा मिडिया सञ्चालन गर्नु आफैमा चुनौतीपूर्ण थियो ।

यस चुनौतीको नेतृत्व लिएका राउत भन्छन्, बराह क्षेत्रलाई मिडियाको माध्यमबाट देशमा चिनाउने मेरो एक मात्र स्वार्थ थियो । सायद उनको यही स्वार्थले होला, ‘सदाबहार राष्ट्रिय टिक टक प्रतियोगिता २०७७’ ले सदाबहार मिडिया प्रा.ली. लाई यत्रतत्र परिचित गराउन भूमिका रह्यो । त्यसपछि पनि वृक्षारोपण, अशक्तहरूलाई सहयोग लगायतका सामाजिक कार्यमा लागि परिरहेकै छ ।

खासै प्रचारमा आउन नचाहे पनि राम्रै शैक्षिक योग्यताप्राप्त पत्रकार हुन्, उनी । सरकारी शिक्षामा ८ वर्ष बिताएका उनले पोलिटि कल साइन्स र शिक्षा शास्त्रमा स्नातकोत्तर गरेका छन् । पत्रकारिता सुरु गर्नुअघि उनी शिक्षण पेशामा आबद्ध थिए । पछि यस क्षेत्रको रुचिले तानिएका उनी अब चाहिँ व्यावसायिक पत्रकारितामा लागि पर्ने बताउँछन् । ‘म पत्रकारितामा यसको शुद्धि करणको लागि आएको हुँ ।’

उनी थप्छन्, ‘सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताको विकासमा मेरो पहलकदमी हुनेछ ।’ तपाईँको राजनीतिक आस्था चाहिँ के हो? भन्ने प्रश्नमा उनी भन्छन्, सिधा भाषामा भन्नुपर्दा म राजासहितको प्रजातन्त्र र हिन्दु राज्य चाहिन्छ भन्ने पक्षमा छु । राष्ट्रको चौतर्फी भू-राजनीतिक धरातललाई नियाल्दा राप्रपाले अघि सारेको सिद्धान्तले देशको समुचित विकास गर्ने सक्ने भएको हुँदा राप्रपाप्रति आस्था छ, उनले भनेँ ।

उनको यही राजनीतिक आस्थाले गर्दा ०७६ सालमा राप्रपा निकट पत्रकारहरूको सङ्गठन मिडिया नेपाल प्रदेश नम्बर १ गठन गरे । त्यसपछि क्रमशः केही जिल्लाहरू गठन समेत गरिसकेको उनको जिकिर छ । केही समयअघि बुटवलमा भएको मिडिया नेपालको राष्ट्रिय भेलाबाट उनी पुनः प्रदेश १ को अध्यक्ष तथा केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

विशेष स्रोतकारअनुसार मिडिया नेपालको केन्द्रमा राम्रो ओहोदामा रहने बुझिएको छ, यद्यपि अहिले यो सार्वजनिक भएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्