नेपाल कम्युनिस्ट पार्टी दाङले जलाए राष्ट्रघाती एमसीसी सम्झौता पत्र



नेपाल कम्युनिस्ट पार्टी दाङले राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाएका छन्  । पार्टीको  केन्द्रीय कार्यक्रम अनुरूप शनिवार घोराहीको तुलसीपुर चोकमा कोणसभा गरेर राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाएका हुन्  ।

कोणसभाका प्रमुख अतिथि युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक पाटनले यो राष्ट्रघाती एमसीसी सम्झौताको निरन्तर सङ्घर्षका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको बताउनु भयो ।

अमेरिकाका एजेन्टहरूले जसरी भए पनि एमसीसी पास गर्नुपर्छ भनेर भैलो खेलिरहेको र विशेष गरेर नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरू र जनतालाई जेल हालेर भए पनि यो राष्ट्रघाती एमसीसी पास गराउने भनेको हुँदा यसको विरुद्ध हाम्रो पार्टी, सङ्गठन र जनताहरूले सशक्त विरोध गरिरहेको समेत उहाँले बताउनु भयो  । 

नेपालमाथिको वैदेशिक हस्तक्षेप पटक-पटक भएको विषयमा चुइक्कपनि बोल्न नसक्ने नेपालका दलहरूले फेरि पनि एमसीसी पास गर्नुपर्छ भनेर लागिपरेका हुँदा नेपाल राष्ट्र र नेपाली जनताहरूमाथि साम्राज्यवाद र बिस्तार बाधले हस्तक्षेप गर्न खोज्छ भने त्यसको विरुद्धमा सबै जनताहरू कडा सङ्घर्षमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

यो परियोजना अमेरिकी सैन्य रणनीतिमा भएको हुँदा कुनै पनि बुँदा संशोधित गरेर पास गर्न नपाइने र एमसीसी तथा सम्पूर्ण राष्ट्रघाती सम्झौताको विरुद्ध सबै जना एक भएर लड्नुपर्ने उहाँले बताउनु  भयो ।

कोणसभालाई सम्बोधन गर्दै पाटले एमसीसी नेपालका लागि राष्ट्रघाती भएको र यो सम्झौता पास भएमा एमसीसीमा हस्ताक्षर गर्ने नेताहरूलाई गाउँ-गाउँबाट दमाहा बजार लखेट्नुपर्ने बताउनु भयो ।

त्यस्तै  दलाल संसदीय व्यवस्थाको शक्तिको आडमा नेपालको हित विपरीत हुने थुप्रै खाले सन्धि सम्झौताहरू भएको र साम्राज्यवादको गुलामी बनेर आफ्नो सत्ता र कुर्सी जोगाउनका लागि फेरि पनि राष्ट्रघाती एमसीसीलाई पास गर्ने पक्षमा नेपाका दलहरू अगाडि बढी रहेको हुँदा यसका विरुद्धमा सबै एक भएर लाग्नुपर्ने समेत उहाँको भनाई छ ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्लाका कार्यालय सदस्य तथा घोराही नगरका इन्चार्ज तिलकले यो राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाउने केन्द्रीय कार्यक्रम अनुसार आज देशभरका जिल्लाका सबै पालिकाहरूमा भइरहेको बताउनु भयो । नेपाल सरकार र अमेरिकाबिच भएको राष्ट्रघाती एमसीसी सम्झौताले नेपाललाई रणभुमी बनाउने उहाँले बताउनु भयो। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्