प्रश्नपत्र मोडेलका बिषयमा अभिमुखिकरण



सैघाली खबर,
तुलसीपुर ७ फागुन ।
तुलसीपुरका शिक्षकहरुका लागि परिमार्जिक पाठ्यक्रम र प्रश्नपत्र मोडेलका बारेमा अभिमुखीकरण शुरु भएको छ । शिक्षकहरुलाई परिमार्जन भएको पाठ्यक्रमको बारेमा जानकारी दिनुका साथै प्रश्नपत्र कसरी तयार पार्ने भन्ने बिषयमा तालिम शुरु भएको आयोजकले वताएको छ । बिज्ञान शिक्षक समाज तुलसीपुरको आयोजनामा तथा आठराई पब्लिकेशन प्रालिको सहयोगमा अभिमुखिकरण तालिम शुरु भएको हो ।

यस अघिका एसईई परिक्षामा प्रश्नपत्र गलत भएको भन्दा आउँदा दिनमा यस्ता समस्या दोहोरिन नदिन शिक्षकहरुसंग अभिमुखीकरण गरिएको आठराई पब्लिकेशनका व्यबस्थापक ढुण्डी अर्यालले वताए । तालिमको प्रशिक्षकमा बिज्ञान बिषयका बिशेषज्ञ चिन्तामनी पन्थी रहेका छन् ।

तालिममा तुलसीपुरका क्षेत्रका ५८ जना बिज्ञान शिक्षकहरुको सहभागिता रहेको छ ।यसैबीच आईतबार एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरिएको थियो । बिज्ञान शिक्षक समाज तुलसीपुरका अध्यक्ष नारायण भट्टराईको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख भास्करराज गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा प्रमुख अतिथि गौतमले शिक्षकहरुले बिद्यार्थीहरुलाई अनाबश्यक दववा दिन नहुँने वताएका छन् । उनले अब स्थानीय तहले कति कक्षा सम्मका बिद्यार्थीलाई गृहकार्य दिने भन्ने बिषयमा पनि एउटा धारणा बनाएर अगाडि बढ्नु पर्ने वताए ।

‘सानै उमेरमा गृहकार्य दिदा बिद्यार्थीमा अनाबश्यक दवाव हुने गर्छ’ उनले भने ‘ जसले गर्दा बिद्याथीहरु स्वतन्त्र रुपमा अध्ययन गर्न समस्या हुन्छ ।’ उनले शिक्षकहरुले पनि क्षमता बिस्तार गर्नुपर्ने वताए ।

कार्यक्रममा बिशिष्ट अतिथि शैक्षिक तालिम केन्द्रका निमित्त प्रमुख डिल्ली कान्त आचार्य, आठराई पब्लिकेशनका हरिष चन्द्र बिष्टलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बिज्ञान शिक्षक समाज तुलसीपुरका सचिब कमल भण्डारीले गरेका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्