लहानमा अस्पतालमा स्वास्थ्य बिमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध नभएको सेवाग्राहीहरूको आ’रोप 



लहान सिराहा । लहान ३ स्थित रहेको राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा स्वास्थ्य बिमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध नभएको सेवाग्राहीहरूको आरोप छ । बिमा गराएका लहानका सलाम अन्सारी आफ्ना छोरालाई जाँच गराउन जाँदा त्यस्ता सुविधा नपाएको गुनासो पोखे । डाक्टरले लेखेको औषधी पुरै नपाउनु र औषधी नपाउनुको कारण अस्पताल कर्मचारीलाई सोध्दा गैर जिम्मेवारी पूर्ण तरीकाबाट औषधी सकिएको हुन सक्छ भने जवाफ दिनु कतिको उचित हो भनेर आक्रोश पोखेका थिए ।

नेपाल सरकारद्धरा सञ्चालन भएको स्वास्थ्य बिमा कार्यक्रमबाट सेवाग्राहीहरू असंतृष्ट भएका छन् । स्वास्थ्य कर्मचारीहरूले घरघरमा गई स्वास्थ्य बिमा गर्ने गरिन्छ ।

यता स्वास्थ्य बिमा गराएकी अर्का सिराहा धनगढीमाई नगरपालिका १ बाखरकी प्रमिला कुमारी चौधरीको समस्या उस्तै रहेको बत्ताइन । उनले त झन रिपोट दिनमा पनि ढिला गरेको आरोप लगाइन ।प्राविधिक तर्फको सबै कर्मचारी गफ चुटनमा व्यस्त देखिएको बत्ताइन ।

अर्का सप्तरी जिल्ला भुसिमहौलियाका सुरेन्द्र प्रसाद चौधरीको गुनासो अर्कै खाले रहेको छ । उनले भने सुत्केरी बिरामी लिएर आएको छु । यहाँ सुत्केरीको लागी कुनै पनि औषधी निःशुल्क नपाइने रहेछ तर अर्को सरकारी अस्पतालमा सुत्केरीको लागी निःशुल्क औषधि दिने गरेको बताए । यता अस्पताल समितिलाई भेट्न जाँदा कुनै पनि पदाधिकारी अस्पतालमा नभएको दुःख पत्रकार सँग सुनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्