संखुवासभा सामूहिक ह त्याका ण्ड : ह त्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा



काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको ह’त्या गरेको आ’रोपमा प’क्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

संलग्न आरोपीले ह’त्या लगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । ह’त्यामा संलग्न आरोपी लोक बहादुर कार्कीले ६ जनाको ह’त्या गरेपछि ह’त्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटनामा संलग्न भनिएका आरोपी ३ पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए ।

९० वर्षीय बौद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको ह’त्या भएको थियो । उनका ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, रञ्जना कार्की, पत्नी पार्वती कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको ह’त्या भएको थियो । विपिन ८ वर्ष र गोमा ५ वर्षका नाबालक थिए । उनीहरूको श’व घर नजिकै फेला परेको थियो भने पार्वती कार्कीको श’व घरको ओछ्यानमा फेला परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्