सैघाली खबर,
फागुन ७, दाङ । दाङको देउखुरी क्षेत्रमा एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । राप्ती गाउँपालिका वडा नं। ८ पिपरीमा ५५ बर्षीय पशुपति चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रविन्द्र खड्काले चौधरी सोमवार विहान साढे ७ बजेतिर मृत अवस्थामा फेला परेको जानकारी दिए । घटनावारे अनुसन्धान भइरहेको खड्काले बताए ।
चौधरीको शरिरमा घाउ खत केहीपनि नभएको हुँदा बढी मदिरा सेवनका कारण उनको मृत्यु भएको हो कि भन्ने अनुमान प्रहरीले गरेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।