धनुषामा बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत साइकल वितरण



जनकपुरधाम : आज धनुषाको गणेशमान चारनाथ न.पा. २ राधापुरमा बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत श्री नव दुर्गा आधारभूत विद्यालय राधापुरमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ । श्री नव दुर्गा आधारभूत विद्यालयका प्र.अ. दीपेन्द्र धामीको अध्यक्षता र प्रमुख अतिथि प्रदेश न. २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह सहित विशिष्ट अतिथि न.पा. का नगर प्रमुख रामबाबु यादव ,विशेष अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र न.१ क प्रत्याशी उम्मेदवार दीपक कार्की, साथ साथै कृष्ण साह समेतको उपस्थिति रहेको थियो ।

आइतबार भएको एक समारोह आयोजन गर्दै कक्षा ८ का छात्राहरूलाई प्रदेश-२ सरकारको तर्फबाट बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल वितरण गरियो। कक्षा ८ तह अध्ययनरत नव दुर्गा आधारभूत विद्यालय राधापुरमा २१ जना छात्राहरूलाई प्रदेश न. २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहद्वारा साइकल वितरण गरिएको छ।

अर्थ मन्त्री मा. शैलेन्द्र प्रसाद साहले भन्नुभयो ‘प्रदेश सरकारबाट जे सहयोग गर्नु पार्छ त्यसमा म अर्थ मन्त्री भएर पनि शिक्षामा सहयोग गर्नेछु’ साथ साथै शिक्षामा अझ वृद्धि गर्नुपर्ने समेत बताउनु भयो। उहाँले भन्नुभयो साइकल वितरण गरी छात्राहरू को पहुँचमा शिक्षाको वृद्धि हुने समेत बताउनु भयो । गणेशमान चारनाथ न.पा. का वडा सदस्य सहित , प्रधानाध्यापक दीपेन्द्र धामी लगायतका, नगरपालिकाका शिक्षा अधिकृत, प्रमुख प्रशासकीय अधिकृत उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्