कृष्ण नगरमा जनमत पार्टी को नगर अधिवेशन सम्पन्न : ५१ सदस्यीय कमिटी गठन



कृष्ण नगर, कपिलवस्तु, भाद्र २७ कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिकामा जनमत पार्टीद्वारा नगर कमिटी गठन गरिएको हो । कृष्ण नगरमा रहेको राम जानकी मन्दिरको हालमा बैठक बसी छलफल गर्दा ५१ सदस्यीय समिति विनोद कुमार ओझाको अध्यक्षतामा गठन गरिएको हो उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा जनमत पार्टी कपिलवस्तु जिल्लाको जिल्ला अध्यक्ष राम लाल यादवले आफ्नो मिठो स्वागत मन्तव्य दिनु भएको हो ।

विशिष्ट अतिथिको रूपमा जनमत पार्टी कपिलवस्तु जिल्लाको कोषाध्यक्ष मो .हनीफ गद्दीले पनि आफ्नो स्वागत मन्तव्य दिनु भएको हो । जनमत पार्टी कपिलवस्तुको जिल्ला सदस्य राम राज चौधरी लगायतले स्वागत मन्तव्य दिँदै यहाँबाट भ्रष्टाचारी हटाउने समेत बताएका छन् ।

कृष्ण नगर नगर कमिटी गठन गर्दा अध्यक्ष पदमा विनोद कुमार ओझा ,उपाध्यक्ष पदमा राम वृक्ष चौधरी, महिला उपाध्यक्ष पदमा समुन्द्र देवी लोहर ,कोषाध्यक्ष पदमा नसिर खाँ,सचिव पदमा विष्णु प्रसाद मोर्या, सहसचिव पदमा हरिस कुमार चौधरी, महिला सदस्य सन्जु देवी केवट , सदस्य सञ्जय विश्वकर्मा लगायत ५१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

नगर् अधिवेशन कार्यक्रममा मनोज माली, हाजी नसिर खा , हकिकुल्लाह,राम चन्दर यादव ,शिव प्रसाद चौहान, शक्ति देवी चौहान लगायत कृष्ण नगर न.पा .को १देखी १२ वार्ड सम्मका सयाै को सङ्ख्यामा कर्यकर्ताहरुको उपस्थिति रहेको थियो । जनमत पार्टीद्वारा कृष्ण नगर नगरपालिकाको मेयर पदको प्रत्यसी र युवा नेता मनोज कुमार ओझाले पनि आफ्नो स्वागत मन्तव्य दिँदै यहाँ समाजलाई राम्रो बनाउने, विकास गर्ने र यहाँबाट भ्रष्टाचारी हटाउने लगायतको कुराहरू भन्दै विनोद कुमार ओझाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्