दाङमा ६८ औँ प्रजातन्त्र दिवस मनाइयो



सैघाली खबर,
घोराही, ७ फागुन । दाङमा पनि प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा ६८ औँ प्रजातन्त्र दिवस मनाइएको हो ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले प्रजातन्त्रको अनुभुति हुनु गरी जनप्रतिनीधिहरुले काम गर्नुपर्ने बताएका थिए । प्रजातन्त्रको जगमा रहेर देशमा परिवर्तन भएको भन्दै बक्ताहरुले सहिदले देखेका सपना र जनताको अपेक्षा अनुसार काम गर्न जनप्रतिनीधिलाई आग्रह गरेका थिए ।

प्रजातन्त्र दिवस मुल समारोह समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यस अवसरमा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सहिदको सपनालाई साकार पार्ने काम आफूहरुको बताउनुभएको थियो । सहिदहरुको बलिदानीले देशले मुहार फरेको बताउँदै प्रमुख चौधरीले सबैले प्रजातन्त्रको रक्षाका लागि पहल गर्नुपर्ने बताउनुभएको थियो ।यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले प्रजातन्त्रको रक्षाका लागि सबैले भुमिका खेल्ने बताउनुभएको थियो । आफ्नो अधिकार प्रयोग गर्ने नाममा अर्काको अधिकारलाई ध्यान दिनुपर्ने भन्दै कर्तब्य र अधिकारलाई संगै लिन सकेमा प्रजातन्त्रको रक्षा हुने बताउनुभएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख सिता न्यौपाने, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकी, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, ओमशान्तिका प्रतिनीधि माधव मितिल्सिनाले बोल्नुभएको थियोजिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कार्कीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका सुचना अधिकारी कृष्ण केसीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्