महाराजगंज ४ ननमहरामा नाली र पिसीसी सडक निर्माण , नालीको अवस्था बिजोग 



कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका वडा नं. ४ ननमहरा गाउँ सम्म पुगेको सडक हो । बस्ती पुग्नु अगाडी सम्म निर्माण भएको सडक ठिक छ । तर नाली कसरी बनेको छ भन्ने अवस्था हेर्नु भयो भने अचम्म लाग्न सक्छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले पूर्वाधार विकास कार्यक्रम अर्हन्तगत निर्माण गरिएको नालीकै कारण बालबालिका दुर्घटनामा पर्ने गरेको स्थानीयहरू बत्ताउँछन् ।

योजना सञ्चालन गर्दा स्थानीय बिच विवादका कारण निर्माणमा समस्या भएको स्थानीयहरू बत्ताउँछन् । नगरप्रमुख अब्दुल कलाम र तत्कालीन प्रदेश सभा सदस्य ( हाल राष्ट्रिय सभा सदस्य) दृघनारायण पाण्डेय समर्थित बिचको विवादले समस्या आएको स्थानीयले स्वीकार गर्छन् । तर क्यामराको अगाडी भने उनीहरू बोल्न डराउने गरेका छन् । पालिकाले १७ लाख ५९ हजार ७ सय ८६ को लागतमा प्रिन्स निर्माण सेवा लुम्बिनी सास्कृतीक नगरपालिका १० लाई ठेक्का दिएर योजना सम्पन्न भएको थियो । तर नाली बनाउने ठेकेदारले भने श्रमिकलाई हाल सम्म पनि काम गरेका ज्याला नदिएको बताएका छन् ।

बस्ती क्षेत्रमा सडक साधुरो भएको कारणले समुदायले फराकिलो बाटो नदिएको कारण समस्या भएको देखिन्छ । विवादका कारण बस्ती भित्र नाली निर्माण समेत भएको छैन । पिसीसी सडक पनि ३ देखी ४ मिटर चौडाइका बनेका छन् । ठेकेदारलाई स्थानीयले अवरोध गरे पछि कोटेशन लिएर नाली निर्माण गरेको वडा ४ का  वडा अध्यक्ष सुशील कुमार चौधरी बताउँछन् ।

ग्रामीण बस्तीमा विकास हुनु आफैमा राम्रो काम समेत हो । तर जथाभाबी योजना बनाउँदा आउने समस्या पालिकाले अध्ययन गरी लगानी गर्नु उपयुक्त हुन्छ । नाली र सडक बिच रहेको खाली ठाउँका कारण बालबालिका दुर्घटनाको जोखिममा परेका छन् । खाली ठाउँ तत्काल पुरेर भए पनि मर्मत गर्नु पर्ने जरुरी देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्