अन्तर्राष्ट्रिय

भित्री वस्त्र सुकाएर छिमेकीले आफ्नो श्रीमानलाई उत्तेजित पारेको भन्दै प्रहरीमा उजुरी

By Thah Online

September 13, 2021

एजेन्सी । मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीय छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् ।

४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आ’रोप लगाएकी छिन्। उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् । युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा प’क्राउ गर्न आग्रह गरेकी छिन् ।

उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिवार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमानलाई उत्तेजित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’

प्रहरीले ती २३ वर्षीय महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाएको बताइएको छ। प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ।