अपाङ्गलाई राहत सहयोग गर्न पुगेका नेता चौधरीलाई स्थानीयद्वारा भव्य स्वागत



सिरहा लहान । स्वर्गीय सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठान लहानद्वारा लहान नगरपालिका वडा नम्बर १९ स्थित नडेगामा ३० जना अपाङ्ग, अशक्त व्यक्तिहरूलाई नेपाली काङ्ग्रेसका नेता तथा समाज सेवी महेश चौधरीले राज्यबाट अपहेलित समुदायलाई सहयोग गर्न लहान १९ पुगेका थिए ।

नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने चर्चा व्यापक रूपमा हुन् लाग्दा राज्यबाट सोसित अपहेलित र न्यायको लागी दमनमा परेका समुदायले नेता चौधरीले आउने चुनावमा  लहान नगर पालिकाको मेयर बन्छ भने कुरा दलित र गरिबहरूले सुन्दा खुसी व्यक्त गरेका छन्। कोरोना कालदेखि नै राहत सहयोग गरेर एकासी चर्चा बटुलेका नेता चौधरीले समाजसेवा गर्दा गर्दै जीवन साथी तथा श्रीमती गुमाएका थिए। 

नेता चौधरी र स्वर्गीय सङ्गीता कर्माचार्यकी अन्तिम सपना पनि  समाज सेवा नै रहेको थियो।ज्यानको प्रवाह नगरी कोरोना जस्तो महामारीमा राहत सहयोग गर्न गरिब र दिन दुखीको लागि घर घर पुगेर राहत सहयोग गरेका थिए। समाज सेवामा लागेका नेता चौधरीले निरन्तर सहयोगमा होमिएका छन्। समाज सेवा गर्दा गर्दै नजिकका दुई जना गुमाएको कुरा पत्रकार सँग सुनाएका थिए। 

नेता चौधरीले अशक्त, अपाङ्गहरूलाई राहत दिन लहान नगरपालिका १९ नडेगा पुगेका चौधरीलाई स्थानीय शत्रु धन महतो, प्रदीप नारायण महतो,आरती सिंह लगायतका व्यक्तिहरूले चौधरी सँग राहत लिएर गरेका व्यक्तिहरूलाई फुलको माला अबिरको टिका र गम्छा लगाएर सम्मान गरेका थिए। 

विभिन्न राजनीति दलका व्यक्तिहरूले नेता चौधरीलाई सहयोग गरेका थिए।राहतमा चामल दाल नुन तेल लगायतका सामाग्री सहयोग गरेका हुन्।अशक्तहरूले राहत पाउँदै खुसी व्यक्त गरेका थिए।उक्त कार्यक्रममा सिरहाको दर्जनौँ पत्रकारहरूको सहभागिता रहेको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्