टप फिचर

इजरायल जानेको भाषा परीक्षा आजदेखि, यी हुन् १६ परीक्षा केन्द्र

By Thah Online

September 13, 2021

इजरायलको रोजगारीका लागि भाषा परीक्षा सोमबार हुने भएको छ। भाषा परीक्षाका लागि ११ वटा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित र मर्यादित गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको छ। इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ।

इजरायलले सरकारी स्तरमा सम्झौता गरी १ हजार कामदार लैजाने तयारी गरेको छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली श्रमिक लाने तयारी गरेको हो।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो। भाषा परीक्षा दिउँसो १ बजेबाट तोकिएको परीक्षा केन्द्रमा हुनेछ । परीक्षा समयावधि १ घण्टाको हुनेछ।

कुन–कुन हुन् परीक्षा केन्द्र ?