सुशील बस्नेत
दाङ,७ फागुण
तुलसीपुरमा झण्डै साँढे ४ बिगाह क्षेत्रफलमा अटो मेकानिक्सहरुको लागि अटोभिलेज निर्माण गरिदैछ । तुलसीपुर वसपार्क देखि दक्षिण क्षेत्रको पातुखोलाको दुवै किनारामा आधुनिक अटो मेकानिक्स पसलहरु सञ्चालन गरिने छ । झण्डै ५ सय बढी बस अट्ने आधुनिक तथा ब्यबस्थीत वसपार्क निर्मांण कार्य तिव्र भईरहदा गाडी मोटर मर्मतको लागि आबश्यक स्थानको छनौट गरि अटोभिलेजको ब्यबस्थापन गर्न लागिएको तुलसीपुर अटो मेकानिक्स एशोसीयसनका अध्यक्ष टोपबहादुर महताराले जानकारी दिनुभयो ।
सम्भाबित अतिक्रमणको चपेटामा पर्न सक्ने भू–भाग क्षेत्रमा अटो भिलेज निर्माण गर्न लागिएको हो । त्यसका लागि तुलसीपुर नगरपालिकाले पहिलो चरणमा तटबन्ध लगायतका कार्यका लागि ४० लाख बजेट सहयोग गरेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
उक्त अटो भिलेजको आज सोमबार सिलन्यास गर्नुहुदै नगरप्रमुख पाण्डेले आगामी बर्षमा थप बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो । उहाले भन्नुभयो,अटो भिलेज साच्चिकै आधुनिक हुनुपर्छ,बिग्रेको गाडी मर्मत हुदै गर्दा आराम गर्ने वातावरण बन्नुपर्छ ।
राम्रो र सफा वातावरण,राम्रो भन्नुभयो,अटो भिलेज साच्चिकै आधुनिक हुनुपर्छ,बिग्रेको गाडी मर्मत हुदै गर्दा आराम गर्ने वातावरण बन्नुपर्छ । राम्रो र सफा वातावरण,राम्रो होटल,सौचालय,पीउने पानी र सेवा यी बिषयलाई ध्यान दिनुपर्ने बताउनुभयो।नेपाल अटो ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष यमप्रसाद भुषालले झण्डै २ सय अटो ब्यबसायी अट्ने र ब्यबसाय गर्न सक्ने अटोभिलेज बनाईने बताउनुभयो ।उहाले भन्नुभयो, तुलसीपुर, घोराही, लमही र भालुवाङमा अटो भिलेज निर्माण गरिने र क्रमस यी स्थानलाई अटो औद्योगीक क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । उहाले दाङको सिलन्यास लगतै हेटौडा र कोहलपुरमा अटो भिलेज निर्माण हुने जानकारी दिनुभयो ।
सो अबसरमा तुलसीपुउपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष नबराज लामिछाने,वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकाल,वडा नम्वर १० वडा अध्यक्ष कुमार लामिछाने र संबाद समूह क्षेत्रिय सचिवालयका सहजकर्ता एबम पत्रकार सुशील बस्नेतले वसपार्क र अटो भिलेज निर्माण कार्यमा भएका बिगतका बिवाद र त्यस पछिको ब्यबस्थापन सगै निर्माण कार्यको सुरुवातका बिषयमा चर्चा गर्नुभएको थियो ।
सिलन्यास कार्यक्रमको सहजीकरण सचिब कमल गौतम र स्वागत मन्तब्य पदम पोख्रेलले गर्नुभएको थियो ।
यसअघि पटक पटक भएको छलफल सहमतिमा नटुङीता संबाद समूह क्षेत्रिय सचिवालयको सहजीकरणमा बिबाद ब्यबस्थापन गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।